Birat Post मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ६ जेष्ठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न सफल हुनेमा बिश्वस्त रहेको बताएका छन् । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा तयार गरेसँगै यसले नेपालको मानचित्रमा परिवर्तन आएको उल्लेख गरे ।

कूटनीतिक बार्ता मार्फत भारतसँग कुराकानी गरिने बताए । नेपालको नयाँ नक्सालाई सरकारी छाप, निशान र पाठ्यक्रम आदिमा परिवर्तन गर्ने काम समेत हुने बताए । त्यसै गरी लिपुलेकको भूमि अतिक्रमणका विषयमा चीन संग पनि कुरा भइरहेको बताए । यस्तै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । त्यसै गरी लप्सीफेदी, रातमाटे, हेटौंडा र लप्सीफेदी रातमाटे, दमौली,बुटवल ४ सय केभी प्रशारण लाइन बनाइ छाड्ने बताए ।

कोरोना सक्रमणका कारण विश्व आक्रान्त भइरहेको र त्यसवाट नेपाल पनि अछुतो रहन नसकेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि थप व्यवस्थापन सहित स्तरिय स्वास्थ्य सेवा प्रदान गर्न लागि रहेको बताए । ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको भन्दै सीमा क्षेत्रको सुरक्षालाई अझ व्यवस्थित र कडाइ गर्न लागिएको बताए ।

देश बाहिरबाट आउनेहरूलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको साथै लकडाउनको पालनामा समेत कमजोरी भएको बताए । विदेशमा रहेका नेपालीहरूको उद्धारका विषयमा बोल्दै ओलीले भने, त्यो काम त्यती सजिलो छैन । अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना नागरिक फिर्ता लगेजस्तो सजिलो नभएको र लाखौ नेपाली ल्याउन सहज नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल