Birat Post आइतबार, जेठ ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ जेष्ठ ।
कोरोना भाइरस सक्रमण नियन्त्रणमा सवै क्षेत्रको सहयोग लिन आबश्यक रहेको सरोकार सम्वद्ध ब्यक्तिहरुले बताएका छन् । प्रदेश नं.१ आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आइतवार आयोजित कोभिड १९ को सक्रमणका विषयमा आयोजित छलफलमा सहभागिहरुले यस्तो बताएका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कोरोना सक्रमणको अवस्था ,सीमाक्षेत्रमा भइरहेका काम , स्थानीय तहले गरिरहेको भूमिकाका र सुरक्षाका विषयमा बैठकमा जानकारी गराएका थिए । मन्त्री कार्कीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएका कारण कोरोना सक्रमणको जोखिम कम भएको दावी गरे । उनले क्वारेन्टाइनको व्यवस्थापन ,होल्डिङ गर्ने र परिक्षणको दायरा फराकिलो बन्दै गएको बताएका थिए ।

बैठकमा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले सवैको समन्वयमा मात्रै महामारी नियन्त्रणमा लिन सकिने बताए । क्वारेन्टाइनको व्यवस्थापन,लुकिछिपी आउने मानिसको पहिचान र कोरोना परिक्षण प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेका बताए । सीमा क्षेत्रवाट लुकिछिपी आउनेलाई नियन्त्रण गरी विधिवतरुपमा ल्याउने प्रक्रिया अगाडी बढाउन आबश्यक भएको मेयर पराजुलीले बताए ।
बैठकमा नेकपा मोरङका अध्यक्ष तथा संविधानसभा सदस्य ऋषिकेष पोखरेल ,नेपाली कांग्रेस उपसभापति तथा प्रदेशसभा सदस्य शिवनारायण सिंह गनगाई,समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादव,राजपा अध्यक्ष मोहमद कादिर ,राप्रपा अध्यक्ष माधब आचार्य,प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको सहभागिता रहेको थियो । सहभागीहरुले सवै क्षेत्र र आबश्यक पर्ने सवै संयन्त्र कोरोना सक्रमण नियन्त्रणमा लगाउनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?
षष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई
आज प्रेस स्वतन्त्रता दिवस

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल