रोशिका अधिकारी सोमबार, जेठ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ जेष्ठ ।
विराटनगर महानगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि क्वारेन्टाइनलाई थप व्यवस्थित बनाएको छ । कोरोना सक्रमितको संख्या बढिरहदा महानगर क्वारेन्टाइन व्यवस्थापनमा लागेको हो । विराटनगरका विभिन्न स्थानमा रहेका सार्वजनिक स्थानहरुमा क्वारेन्टाइनको ब्यवस्थापन गरिएको छ ।

स्वास्थ्यचौकी बैजनाथपुरमा २०,अतिथि सदनमा ४०, मारवाडी सेवा सदनमा ४०, जैनभवनमा २०, काली सदनमा ४० र रामजानकीमा धर्मशालामा ४० शंया क्षमताको क्वारेन्टाइन व्यवस्थापन गरेको छ । क्वारेन्टाइनमा बस्नेहरुको अवस्था अनुगमन तथा नियन्त्रणका लागि विराटनगर महानगरको नगर प्रहरी खटिएको छ । नगरप्रहरीले सीसी क्यामेरा मार्फत निगरानी गर्ने र थप व्यवस्थित बनाउने काम भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । क्वारेन्टाइनमा आबश्यक सवै प्रबन्ध मिलाइएको मेयर पराजुलीको भनाइ छ ।

क्वारेन्टाइनमा बस्नेहरुलाई महानगरले एटेज वाथरुम सहितको कोठा,खाना र खाजाको प्रबन्ध समेत गरिरहेको छ । हाल क्वारेन्टाइनमा १४ जना बसिरहेका छन् भने ३० जना क्वारेन्टाइनको बस्ने अबधि पुरा गरेर आफ्नो घर गएको महानगरका जनस्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । क्वारेन्टाइन सुरक्षामा विराटनगर महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलको नेतृत्वको टोलीले काम गरिरहेको छ । यस्तै सीमा क्षेत्रवाट आउने नागरिकका लागि होल्डिङ् गर्ने स्थान र आबश्यक थप क्वारेन्टाइनको लागि आइतवार मेयर पराजुली र प्रमुख जिल्ला अधिकारी मदन भुजेल सहितको टोलीले विराटनगरका सम्भाव्य स्थानको अध्ययन गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल