रोशिका अधिकारी शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ जेष्ठ ।
विराटनगरको रानी हुँदै भारतबाट लुकीछिपी भित्रिने नेपाली नागरिकको चाप बढे संगै प्रदेश सरकार र विराटनगर महानगरपालिकाले ‘होल्डिङ सेन्टर’ बनाएको छ । विराटनगर स्थित वडा नं १३ को डिएभी स्कुल र विराटनगर ७ मा रहेको आदर्श माविमा होल्डिङ सेन्टर बनाइएको हो । डिएभी स्कुलमा ३ सय जना र आदर्श माविमा ३ सय जना राख्न सकिने गरी ‘होल्डिङ सेन्टर’ लाई ब्यवस्थित बनाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरका नागरिकको हकमा वडा स्तरमै क्वारेन्टाइन बनाउने तयारी भइरहेको मेयर पराजुलीको भनाइ छ । महानगरका नागरिकहरुलाई आबश्यक जाचको प्रबन्ध सहित होम क्वारेन्टाइन वा क्वारेन्टाइनमै राख्नु पर्ने हो त्यसका लाागि स्वास्थ्यकर्मीको उपलब्धतालाई चुस्त बनाइएको छ । सिमावाट फर्कने नागरिकहरु प्राय अन्य जिल्लाकै रहेको र महानगरका १४ जना नागरिक मात्रै क्वारेन्टाइनमा बसिरहेका छन् । उनिहरुलाई स्वास्थ्यकर्मीको प्रतक्ष निगरानीमा राखिएको छ ।

सीमा क्षेत्रवाट फर्कनेहरुमा उपचार र तीर्थयात्रामा गएका नेपाली नागरिक समेत छन् । लकडाउनका कारण लामो समय भारतमै थुनिएकाहरु फर्कने क्रम जारी छ । ‘होल्डिङ सेन्टर’ बनाए यता रानी नाकाबाट मंगलवार ३०४ जना,बुधवार ५६ जना र बिहिवार ९६ जना नेपाली नागरिक सीमाक्षेत्रवाट ल्याएर डिएभी स्कुलमा राखिएको सहसेनी खड्ग वहादुर निरौलाले जानकारी दिए । डिएभी स्कुलको सुरक्षामा खटिएका निरौलाले भारतले नेपाललाई बुझाएका नागरिकको प्रारम्भिक जाच , ब्यक्तिगत विवरण र अवस्थाका विषयमा डाटा लिने काम समेत भइरहेको जानकारी दिए । ‘होल्डिङ सेन्टर’मा बस्नेहरुलाई खानपिनको व्यवस्थापन समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सीमाबाट ल्याइएका नागरिकलाई सुरक्षितरुपमा सम्बन्धित पालिका तथा जिल्लामा बुझाउने काम गरिरहेको छ । अहिले सम्म ४ सय भन्दा बढी नागरिकलाई सम्बन्धित पालिकामा जिम्मा लगाइसकेको प्रशासनले जनाएको छ ।

विराटनगरमा नेपाली सेनाले तयार गर्दै गरेको होल्डिङ सेन्टर :

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल