Birat Post बुधबार, जेठ २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २१ जेष्ठ ।
विराटनगर महानगरमा ब्युटिपार्लर,सैलुन र होटल बाहेकका अन्य पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगर क्षेत्रमा विहान देखि दिउसो १२ बजे सम्म पसल खोल्न पाइने छ । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलवार विराटनगर महानगरले सर्वपक्षिय छलफल गरी व्यवस्थितरुपमा बजार खुलाउने विषयमा प्रशासन संग समन्वय गर्ने निर्णय सहितको सिफारिस गरेको थियो । व्यवसायीको माग र आबश्यकता विचारेर थप छलफल गर्ने विषयमा महानगरले प्रदेश सरकार संग समेत समन्वय गरेको थियो ।

बजार क्षेत्रमा सामाजिक दुरी कायम राखेर सुरक्षितरुपमा ब्यापार ,व्यवसाय सन्चालन गर्ने गरी ब्यवस्था मिलाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । यसको प्रत्यक्ष अनुगमन विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले गर्ने छ । यो निर्णय संगै विराटनगरमा आन्दोलित रहेका व्यवसायीहरुले खुसी ब्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल