Birat Post आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ जेष्ठ ।
प्राय सरकारी कार्यालयका प्रमुखहरु सरुवा भएपछि सुटुक्क जिल्ला बाहिरिने गर्छन् । कम मात्रै यस्ता भाग्यमानी हुन्छन् जसले सम्मान जनक एवं भावपूर्ण विदाई पाउछन् । यस्तै सम्मानका साथ विदाइ हुनेमा कोशी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डां। संगीता मिश्र पनि एक हुन् । कोरोनाको भयावह स्थितिमा कोशी अस्पतालको कोभिड १९ उपचारमा खट्एिर मिश्रले गरेको कामको चौतर्फी प्रशंसा भएको छ ।

उनको हालै मात्रै परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल काठमान्डौमा सरुवा भएको छ । निर्देशकको जिम्मेवारी सम्हाल्नेगरी उनको सरुवा भएको हो । उनको सरुवाको विषयलाइ लिएर विभिन्न टिकाटिप्पणी भए पनि यसको खण्डन मिश्रले गरेकी छन् । कोरोनाको विशेष परिस्थितिमा समेत मिश्रले दिनरात नभनी कार्यक्षेत्रमा खटिएर काम गरेकी थिइन् । जसकै कारण उनले वाहवाहै पाएकी छन् ।

यसैवीच विराटनगर महानगरले डां।मिश्रको आइतवार विदाइ कार्यक्रम सम्पन्न गरेको छ । विदाइ कार्यक्रममा बोल्दै मेयर पराजुलीले उच्च मनोवलका साथ काम गर्ने डां मिश्रको प्रशंसा गरे । मिश्रले कोरोनाको अत्यन्त भयावह अवस्थामा पनि ज्यानको प्रवाह नगरी काम गरेको र स्वास्थ्यक्षेत्रमा अतुलनिय योगदान दिएको पराजुलीले बताए । विदाइ कार्यक्रममा उपमेयर इन्दिरा कार्की,कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत दुर्गा खतिवडा लगायतको सहभागिता रहेको थियो । यस्तै मिश्रको कोशी अस्पताल संगै विभिन्न सामाजिक संघ संम्थाले विदाइ गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल