Birat Post बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २८ जेष्ठ ।
प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेट पारित गरेको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाको प्रस्तावमा संसदहरुको बहुमतले विनियोजन विधेयकलाई स्वीकृत गरेको हो । सरकारले संवैधानिक व्यवस्थाअुनसार जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेका थिए ।

अघिल्ला वर्षमा बजेट असारको अन्तिमतिर स्वीकृत हुने भए पनि यसपटक कोरोनाका कारण जेठमै बजेट स्वीकृत भएको हो । प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयकलाई राष्ट्रियसभाले १५ दिनभित्र स्वीकृत गरेर पठाउनुपर्ने छ ।

सरकारले आगामी आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ४८ अर्ब, पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्था खर्च बापत २ खर्ब ७२ अर्ब छुट्याएको छ ।

सरकारले बजेटको स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, बाह्य ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २ खर्ब २५ अर्ब लिने तयारी गरेको छ । कांग्रेस, राजपा र समाजवादीले बजेटको विपक्षमा मतदान गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल