Birat Post बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ जेष्ठ ।
कोरोना महामारी नियन्त्रणका लागि पीसीआर परिक्षण कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न माग राख्दै विराटनगरका युवा अभियनकर्मीेले सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

सामाजिक दुरी कायम राख्दै बुधवार भाटभटेनी चोकमा गरिएको विरोध प्रदर्शनमा पीसीआर परिक्षणको दायरा फराकिलो बनाइनु पर्ने , कोरोना कोषमा जम्मा भएको रकम र खर्च भएको रकमको सार्वजनिक गर्नुपर्ने ,असुरक्षित भनिएका क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिएको थियो ।

सामाजिक अभियन्ता नमिता आचार्यको नेतृत्वमा भएको प्रदर्शनमा लकडाउनको समयमा जबरजस्ती जनताबाट कर उठाउन लागेको विषयमा समेत विरोध जनाइएको छ । अभियन्ता आचार्यले सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम कमजोर रहेको र जनताले सास्ती भोगिरहेको आरोप लगाएकी छन् ।

क्वारेन्टाइनको स्तर सुधार र पीसीआर परिक्षणको दायरा फराकिलो बनाउन सरकारले नसकेको र यसका लागि सवै अभियन्ताहरुले घचघचाउन जरुरी भएको आचार्यले बताइन् । यसका लागि युवा अभियन्ताहरुलाई जुट्न समेत आचार्यले आग्रह गरेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल