धन्यवाद दिदै कांग्रेस विराटनगरले ग¥र्यो बिरामीलाई खाना ख्वाउने कार्यक्रम स्थगित

अव अन्य थप सामाजिक काम गर्छौ : कार्यबाहक सभापति न्यौपाने

रोशिका अधिकारी शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० बैशाख ।
सहयोगी सवैलाई धन्यवाद दिदै नेपाली कांग्रेस विराटनगरले शुक्रवारबाट बिरामीलाई खाना ख्वाउने कार्यक्रम स्थगित गरेको जनाएको छ । नगरका कार्यबाहक सभापति अरुण न्यौपानेले कार्यक्रममा हौसला प्रदान गर्ने कांग्रेस नेता,नेविसंघ,तरुणदल र शुभेच्छुक सवैमा धन्यवाद प्रकट गरेका छन् ।

कोरोनाका कारण लकडाउनमा फसेका बिरामी र बिरामीका कुरुवालाई खाना खुवाउने अभियान शुरु गरेको कांग्रेस नगरले ६८ औ दिनमा कार्यक्रम स्थगित गरेको हो । नोबेल मेडिकल कलेजमा उपचाररत बिरामी र कुरुवालाई लंक्षित गरी नगर कांग्रेसले खाना खुवाउने कार्यक्रम गरिरहेको थियो ।नगरले विपन्न वर्गका नागरिकलाई घरमै पुगेर समेत खाद्य सामाग्री वितरण समेत गरेको थियो ।

लंक्षित कार्यक्रमवाट सम्बन्धित बर्ग लाभान्वित भएका थिए । कांग्रेस नगरका कार्यबाहक सभापति न्यौपानेले भने “लकडाउनका कारण होटल तथा पसलहरु नखुल्दा बेरामी तथा बेरामीका आफन्त तथा कर्मचारीलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै खाना खुवाइएको थियो ।”सरकारले लकडाउन खुकुलो बनाए संगै कार्यक्रमलाई स्थगित गरिएको न्यौपानेले बताए । यो कार्यक्रम अन्त्य भए संगै थप अन्य सामाजिक काममा लाग्ने योजना रहेको बताए ।

खाना खुवाउने अभियान र सहभागीहरुका केही झलक :

 

सम्बन्धित

ताजा अपडेट
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?
षष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई
आज प्रेस स्वतन्त्रता दिवस

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल