Birat Post शनिबार, आषाढ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ असार ।
विराटनगरमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट निस्किदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रा कोरोना महामारीका कारण प्रभावित हुने भएको छ । कोरोना महामारीका कारण साउन २८ गते आयोजना हुने राधाकृष्ण रथयात्रा स्थगन गरिने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेकाले रथयात्रा स्थगित गर्नुपरेको श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । आज पत्रकार सम्मेलन गर्दै ओझाले कोरोना संक्रमणको जोखिम भएकाले सार्वजनिक रुपमा रथयात्रा नगर्ने निर्णय भएको जानकारी दिए ।

साउन १५ देखि २७ गतेको झुलन महोत्सव र २८ साउनको राधाकृष्ण रथयात्रा सार्वजनिक रुपमा गर्न नसक्ने तर कार्यसमितिले चुनेका समिति तथा पदाधिकारी र पण्डितहरुले आन्तरिक रुपमा आयोजना गर्ने उनले बताए ।

विराटनगरको यो रथयात्रामा वार्षिक रुपमा चारलाख भन्दा बढि भक्तजन सहभागि हुने गरेका थिए । वि.सं. १९८८ सालदेखि सुरु भएको खटयात्रा वि.स् २०२५ सालयता रथयात्रा गरिदै आएको छ तर कोरोना महामारीका कारण यसबर्ष रथयात्रा स्थगित हुने छ ।

 

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल