Birat Post शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ २ साउन ।
मोरङ स्थित केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ । कार्कीलाई कार्यकक्ष भित्रै छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कार्कीको टाउकोमा गहिरो चोट लागेको छ । उक्त घटनामा संलग्न केराबारी १० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पटके कर संकलन गर्ने विषयमा भएको विवाद भएको भनिए पनि घटना सुनियोजित भएको बताइएको छ ।

अध्यक्ष कार्की नेपाली कांग्रेसका तर्फबाट टिकट पाएर निर्वाचन जितेका जनप्रतिनिधि हुन् । त्यस ठाउँमा कार्कीमाथी विभिन्न आरोपमा काम गर्न नदिने अबस्था बनिरहेको थियो । नेपाली कांग्रेस मोरङले घटना सुनियोजित भएको र अबिलम्ब अनुसन्धान गरिनुपर्ने बताएको छ । यसै विषयलाई लिएर नेपाली कांग्रेस मोरङको आकस्मिक बैठक बसिरहेको  जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल