Birat Post आइतबार, साउन २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ साउन ।
नोबेल शिक्षण अस्पतालमा कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट्  ट्रेसिङ गरी परिक्षण गरिएको छैन । अस्पतालका आइसियू ,इमरर्जेन्सी वार्डमा ती डाक्टरहरुले परिक्षण गरेका थिए । (जे आर) अर्थात सवै वार्डमा हेर्ने डाक्टरहरुले अलराउण्ड हेर्छन् । बिरामी जाचका क्रममा सम्पर्क भएका बिरामी ,नर्स र डाक्टरहरुको पहिचान गर्ने काममा अस्पताल प्रशासन चुकेको छ ।

दुइजनालाई कोरोना पोजेटिभ भएको भनिएपनि थप एकजना डाक्टर समेत आइसोलेसनमा बसेका छन् । स्रोतका अनुसार केही नर्सहरुलाई समेत रुघा,खोकीको लक्षण देखिएको छ । डाक्टरको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम हाल सम्म भएको छैन । त्यस्तै डाक्टरको प्रत्यक्ष सम्पर्कमा आएका डाक्टर र नर्सको समेत पहिचान र परिक्षण गर्ने काम अस्पतालले गरेको छैन। कोरोना संक्रमण पुष्टि नभएका तर लक्षण देखिएका एक डाक्टरले हालै मात्र विभिन्न वार्डमा बिरामी हेरेको सम्बन्ध स्रोतले बताएको छ । उनी हाल अस्पतालको आइसोलेसनमा बसेका छन् ।

अस्पतालको ब्यवहारबाट त्यहाँ कार्यरत नर्स,डाक्टर तथा कर्मचारीहरु आतंकित भएका छन् । सामाजिक सन्जालमा अस्पतालको बारेमा केही कुरा बाहिर आए संगै यसको प्रतिबादमा अस्पताल प्रशासन लागेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले कोरोना संक्रमण र यसका विषयमा अस्पताल सचेत भएको सुचना जारी गरेका छन् । उनले जारी गरेको सतही सूचनामा अस्पतालले संक्रमित डाक्टरको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको छ भन्ने उल्लेख छैन । यस विषयमा सम्बन्धित निकाय समेत चुकेको देखिन्छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल