Birat Post मंगलबार, आश्विन २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ असोज ।
नेपाली कांग्रेसले नेकपा नेतृत्वमा रहेको प्रदेश नं. १ को सरकार भ्रष्टचारमा लिप्त रहेको आरोप लगाएको छ । मङ्लबार पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरुले सरकारका सबै मन्त्रीहरु कोरोनाको नाममा भागण्डामा लिप्त रहेको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अगुवा भनेको सरकारकै अवस्था असभ्य र अशिक्षित प्रकारको देखिएको बताए । उनले प्रदेश सरकारलाई साधन स्रोत र बजेटको नभई कार्यशैली, कार्यक्षमता र योग्यताको अभाव देखिएको बताएका छन् ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले एक हजार शैय्याको कोभिड अस्पताल बनाउने घोषणा गर्दै प्रचार–प्रसार गरेता पनि सो हुन नसकेको र बिरामीहरुले घरमै छटपटाएर अनाहकमै ज्यान गुमाइरहदा समेत सरकार मौन रहनु दुःखद रहेको बताए ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले राज्यका निकायहरुले कोभिड नियन्त्रणमा काम गर्न नसकेको आरोप लगाए । कोरोनाका कारण प्रदेश पूर्ण रुपमा आक्रान्त बन्दा सरकारका बैठक, समारोह मास्कविहिन बन्नु र सामाजिक दूरीको धज्जी उडाइनु लज्जास्पद भएको बताए ।

कार्यक्रममा कांग्रेस सचेतक सूयर्माराज राई, प्रदेश १ संसदिय लेखा समिति संयोजक शिवनारायण सिंह लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक
कोशीमा हात्तीको आक्रमणबाट दुई दशकमा ९७ जनाको मृत्यु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल