Birat Post सोमबार, मंसिर २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

दुहवी २२ मंसिर ।
सुनसरी जिल्लाको दुहवी नगरपालिका वडा नम्बर–४ को खेल मैदानमा देश कै नमुना रङ्गशाला बनेको छ । कुल २० करोड ९६ लाखको स्टिमेट बजेट मा निर्माण सुरु गरिएको उक्त रङ्गशालामा हाल सम्म ३ करोड बराबरको कार्य सम्पन्न भइसकेको छ भने बाँकि काम पनि तिव्र गतिमा अघि बढिरहेको मेयर गच्छदार ले जानकारि दिए ।

कार्यस्थल अनुगमनको शिलशिलामा गच्छदार ले उक्त रङ्गशाला निर्माण जिम्मेवारी पाएको कन्स्ट्रक्सन ठेकेदार लगायत इन्जिनियरहरु सँग काम को गुणस्तर र सम्पादन सम्बन्धि कुनै सम्झौता नहुने,तोकिएको समयमा स्तरयुक्त काम हुनु पर्ने मा जोड दिएका थिए।

समाजलाइ आर्थिक र चेतनायुक्त रुपान्तरण का लागि युवाहरुको अहम भुमिका अनिवार्य रहेको भन्दै गच्छदारले आफु यहि क्षेत्रको ग्रामीण भेगमै जन्मे हुर्केको युवा भएको नाताले निर्वाचन मा विजय भएपश्चात आफ्नो क्षेत्रलाइ कसरि विकासको युगमा प्रवेश गराउने भन्ने चिन्ताले सताएको जानकारि गराए । निर्वाचन सकिए लगत्तै विकसित राष्ट्रको भ्रमण समेत गरेका युवा तथा उर्जाशिल मेयर गच्छदारले दुहवी नगरपालिकामा बहुआयामिक खाले विकासका परियोजनाहरु भित्र्याएका छन् ।

खेलकुदले युवाहरुको शारीरिक र मानसिक क्षमता वृद्धि गर्दछ । युवाहरुको शारीरिक र मानसिक क्षमता वृद्धि हुनु भनेको समाजको क्षमता वृद्धि हुनु हो, क्षमतावान समाजको परिकल्पना नै युग परिवर्तन को संकेत हुने हुदा भोलिको चेतनशिल समाज साथै विकसित मुलुकको परिकल्पना सम्भव रहेको मेयर गच्छदार ले बताए ।

दुहवीमा धेरै लामो इतिहास बोकेको एलेभेन एरोज क्लवले विगतमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरको खेल जितेको थियो भने राष्ट्रिय स्तरका खेलाडी समेत उत्पादन गरिसकेको थियो । यति हुदाहुदै पनि यहाँका खेलप्रेमि युवाहरुलाइ खेल्ने रङ्गशालाको अभावलाइ मध्यनजर गर्दै मेयर गच्छदार ले नगरपालिकाकै स्रोत साधन बाट यति ठुलो रङ्गशालाको परिकल्पना गरेका थिए ।

साथै यहाँका पुर्व खेलाडीहरु दिपक राई लगायत को सुझबुझमा गच्छदारले तत्काल आवश्यक प्रक्रिया पुरा गराइ निर्माण कार्य सुरु गराएका थिए । निर्माणाधिन अवस्थामा रहेको उक्त रङ्गशालाले भविश्यमा दुहवीको रोगन फेर्ने मात्रै हैन व्यवसायिक खेलाडी समेत उत्पादन गरि राज्यको सम्पत्ति वृद्धि गर्ने छ ।

खेलकुद ले अनुशासन सिकाउछ,अनुशासनले समाजलाइ बाध्छ ,त्यहि समाज अनुशासित भएपछि विकास हुन्छ र समृद्ध समाज र देश सम्भव छ भन्ने मुलमन्त्र बोकेका गच्छदारले एक पछि अर्को गर्दै दुहवीलाई हरेक क्षेत्रमा बिकसित बनाउने साना ठुला योजनाहरु सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल