Birat Post सोमबार, पुष २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० पुष ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले निर्वाचन हुने विषयमा कुनै शंका नरहेको बताएकी छन् ।

सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङफेले तोकिएकै समयमा चुनाव हुने दाबी गरिन् । तोकिएकै समयमा निर्वाचन गराउन सरकार लागिपरेको र आवश्यक तयारी पनि भइरहेको उनको भनाइ थियो ।

बहुमतको सरकारलाई काम गर्न असहज परिस्थिति सिर्जना गरिएको छ । त्यसैले असहज परिस्थितीलाई सहज बनाउन प्रत्यक्ष निर्वाचनमा जाने र बहुमत प्राप्त दलले सरकार सञ्चालन गर्नका लागि संसद विघटन गरिएको बताइन् ।

वर्तमान अवस्थामा तीन वटै निकाय निर्वाचनका लागि तयार रहेको भन्दै निर्वाचनमा कुनै समस्या नभएको उनले प्रष्ट पारिन् ।

सरकारले निर्वाचन गराउन आर्थिक तथा सुरक्षा व्यवस्थालाई समेत अझ व्यवस्थित बनाउन थालेको र निर्वाचन आयोगले समेत तयारी सुरु गरेकाले निर्वाचन हुनेमा विश्वस्त रहन समेत आग्रह गरेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल