Birat Post बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ माघ ।

गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा मन्त्रिपरिषदको विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरेको थियो । जसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालय संग छ ।

नेपालमा पनि योगका कार्यक्रमहरु चल्न थालेका छन् । पतन्जली योग समिति मोरङले विहिवार एक कार्यक्रमको आयोजना गरी योग दिवस मनाएको छ । कार्यक्रममा सहभागी विराटनगर महानगरका मेयर भीम पराजुलीले योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुने भएकाले यसको विस्तार र प्रचारको आबश्यकता रहेको औल्याए । उनले महानगर क्षेत्रलाई योगमय वनाउने कामको शुरुवात भइसकेको बताए ।

मोरङमा भएको योग कार्यक्रमको पतन्जली योग समितिका अध्यक्ष ध्रुव तामाङ , विराटनगर अध्यक्ष सिल्पा प्याकुरेलले संयोजन गरेका थिए । यसका अलावा देशका विभिन्न स्थानमा आज योगका कार्यक्रम भइरहेका छन् । योगको सुरुवात नेपालको बैदिककालदेखी चलेको देखिन्छ तर समय परिवर्तन संगै मानिसले यसलाई अवलम्वन गर्न छाडेका थिए । बर्तमान समयमा भने पुनः यसको अवलम्वन गर्न थालिएको छ ।

फोटो फिचर

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल