कौशल निरौला शनिबार, माघ ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३ माघ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकारले गरेका गल्तीहरुमा नेकपाका प्रचण्ड–माधव समुह मुख्य मतियार बनेको आरोप लगाएका छन् ।
पार्टी र सरकारमा ओलीले गलत निर्णय गरिरहदा सांक्षि बसेका प्रचण्ड र माधव पनि सहि छैनन् कोइरालाले भने “वर्तमान स्थिती सिर्जना हुनुमा उनीहरु पनि दोषी छन् ।”

नेपाली कांग्रेस विराटनगर महानगर समितिद्धारा सरकारको विरोधमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । के.पी ओलिले गरेका गलत कामको मतियार बन्न कांग्रेसले नहुने भन्दै कोइरालाले प्रष्ट रुपमा प्रतिनिधिसभा पुनस्र्थापनाको आन्दोलनमा जानुपर्ने बताए । ओलीले गरेका सबै संवैधानिक नियुक्तिहरु असंबैधानिक भएकोले त्यो खारेज हुनुपर्नेमा पनि जोड दिए ।

काँग्रेस लोकतान्त्रिक पद्दतिप्रति प्रतिबद्ध भएको भन्दै कोइरालाले न्यायालयको आदेश पर्खने बताए । उनले भने न्यायालयले जनतालाई न्याय दिन्छ ,संसद पुनस्र्थापना हुन्छ । उनले चुनावबाट नभाग्ने भन्दै अदालतको फैसला संगै जनताको पक्षमा कांग्रेस आन्दोलित बन्नुपर्ने बताए ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले सरकारका गलत क्रियाकलापका बिरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने बताए । एक माथी अर्को अन्याय सहन नहुने भन्दै अन्सारीले ओलीका कदम विरुद्ध आन्दोलन मात्रै विकल्प भएको सुझाए ।
कांग्रेस विराटनगर महानगर समितिका सभापति तथा युवा नेता भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङ सचिव नागेश कोइराला,जिल्ला सदस्य राजेश गुप्ता,ट्रेडयुनियन प्रदेशका उपाध्यक्ष नारायणबाबु कार्की, महिला संघ जिल्ला अध्यक्ष प्रमिला थापा,कांग्रेस नेता ज्ञानेश्वर नेपाल , कांग्रेस विराटनगर महानगरका कार्यवाह सभापति अरुण न्यौपाने,सचिव प्रकाश दाहाल लगायतले आ आफ्ना धारणा व्यक्त गरेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी २ सयजना मानिसहरु कांग्रेस प्रबेश गरेका छन् । उनीहरुलाई काँग्रेस केन्द्रीय सदस्य  कोइराला र कांग्रेस विराटनगर महानगर समितिका सभापति पराजुलीले कांग्रेसको झण्डा र टिका लगाएर स्वागत गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल