Birat Post शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २८फाल्गुन।

नेकपा एमालेको बैठकले पार्टीका महासचिव ईश्वर पोखरेल बाहेकका पदाधिकारीहरूको पद खारेज गर्दै महाधिवेशनको मिति तोकेको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीको आगामी महाधिवेशन २ देखि ६ मङ्सिरसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । यसै गरी माओवादी केन्द्रबाट आएर ओली समूहमा लागेका नेता रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

बैठकले एमाले प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ । निर्णयसँगै नेकपाबाट फर्किएका माधव कुमार नेपाल समूहका अधिकांश नेताहरू कारबाहीमा परेका छन् भने अध्यक्ष ओलीले उनिहरुलाई पदबिहिन बनाइदिएका छन् । एमाले बैठकको यो निर्णय संगै नेपाल पक्ष आन्दोलित भएको छ । नेपाल समुहले लोकतान्त्रिक बिधिलाई कुल्चिने चेष्ठा गरेको भन्दै बिरोध समेत जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै
लाओसको पोस्टमा नेपालको ९ गोल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल