Birat Post सोमबार, चैत्र २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ ।

प्रदेश १ को आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव फिर्ता लिने भएको हो ।

 

गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका ३७ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत १७ गते माधव नेपाल समूहले प्रस्ताव फिर्ता लिएको थियो ।

अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले बैठकबाट नै फिर्ता लिने भएको हो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सोमबार बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता हुनेछ ।

गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएपछि माघ ७ गते सातौं हिउँदे अधिवेशन आह्वान गरिएको थियो । तर सत्तापक्षीय दलभित्रको विवादका कारण बैठक बस्न सकेको थिएन । सोमबारको बैठक सहज रुपमा बस्ने छ ।

गत पुस १२ गते दर्ता भएको प्रस्तावमा माधव नेपाल समूहका २२ र प्रचण्ड समूहका १५ जनाले हस्ताक्षर गराएका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल