Birat Post शनिबार, चैत्र २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

चितवन २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ।”

जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो। उनले थपे, “जसपासँग छलफल भइरहेको छ। उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए। फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए। उनले भने, “समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन।”

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल