Birat Post मंगलबार, जेठ ११, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ जेष्ठ ।
रमपम तयारी चाउचाउको उत्पादक एसियन थाइफुड्सले जनउत्तरदायी कार्य अन्तर्गत सुनसरी दुहबी, सोनापुर क्षेत्रका २ हजार मजदुरका लागि एक हप्तालाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ । एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुका अनुसार ५ किलो चामलसहित दाल, खानेतेल, नुन, चाउचाउ, बिस्कुट, भटमासको मस्यौरा, भुजा, मास्कलगायतका सामान उपलब्ध गराइएको छ ।

दुहबी नगरपालिका २, ६, ९, १० र ११ का वडाध्यक्षहरू मार्फत् उक्त खाद्यान्न अभावमा रहेका मजदुर परिवारलाई हस्तान्तरण गरिने छ । एक वडामा ४ सय परिवारलाई प्याकेट बनाएर खाद्य सामग्री उपलब्ध गराइएको जाजुले जानकारी दिए । कोरोना संक्रमणको बेला लकडाउन भएर उद्योग÷कलकारखानामा काम गर्ने मजदुर बेरोजगार भएको बेला यो सहयोगले मजदुर÷कामदारका परिवारलाई धेरै राहत पुग्ने विश्वास गरिएको छ ।

‘पक्कै पनि संक्रमण र लकडाउनले उद्योग÷कलकारखाना अधिकांश उत्पादन कटौतीमा छन्, यस्तो बेलामा मजदुरले रोजगारी गुमाउनु परेको छ, हामी मजदुरलाई परेका मर्कालाई थोरै भए पनि सहयो गर्न अग्रसर भयौ’ जाजुले भने, ‘हुन त यसप्रकारको सहयोग राज्यबाटै हुनुपर्ने हो, हाम्रो यो सहयोग राज्यलाई घचघच्याउनु पनि हो ।’

एसियन थाइफुड्स्ले पहिलो चरणमा २५ लाख बराबरको खाद्यान्न सहयोग गर्न लागेको हो । यसप्रकारको सहयोग नेपाल उद्योग परिसंघ १ नं. प्रदेशको समन्यवमा हुने छ र, जाजुले भने, ‘अरु कसैले यस्तो सहयोग गर्नुहुन्छ भने परिसंघले समन्वय गर्ने छ ।’ रमपप उद्योगमा आयोजित एक कार्यक्रममा परिसंघका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष सुशील जोशीलगायतले सम्वन्धित पाँचै वडाका वडाध्यक्षलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल