Birat Post बुधबार, भाद्र ०९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ भदौ ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका केही मानिस चोहिटिएर जादैमा केही फरक नपर्ने बताएका छन् । उनले पार्टीका पूर्व अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोज्दा कार्यलय सहयोगी बन्न खोेजेका कारण समस्या सिर्जना भएको आरोप समेत लगाए ।

विराटनगरमा बुधबार आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा विसं २००७ र २०४६ का परिवर्तनलाई उल्टाउने कार्य भइरहेकाले वर्तमान उपलव्धिलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी पार्टीको काँधमा रहेको बताए । उनले विभेद र असमानतालाई हटाउन संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

पार्टीका वरिष्ठ नेता अशोककुमार राईले पूर्व सरकारले संसद विघटन गर्ने कार्य सङ्घीयतामाथिको खड्ग प्रहार भएकोले विरोध गरेको चर्चा गर्दै कार्यकर्ताले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको सदैव विरोध गर्नुपर्नेमा जोड दिए । नेता राईले आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारी थाल्न आग्रह गर्दै चार महिने पार्टी सुदृढीकरण र जनपरिचालन(सुज) अभियान सञ्चालन गरिने बताए ।

पार्टीका कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादवले मुलुकको मुख्य शत्रु भनेको गरीवी भएको र समृद्धिको बाटोमा अगाडी बढ्ने बेला आएको बताए । अभिमुखीकरणमा कार्यक्रममा प्रदेश १ का १४ जिल्ला कार्यकर्ताहरुको सहभागिता रहेको प्रदेशसभा सदस्य तथा जसपाका युवा नेता जयराम यादबले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल