Birat Post आइतबार, भाद्र २७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२७ भदौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन् । आफू सरकारमा जान उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग उपप्रधानमन्त्री पद मागेका छन् ।
शुक्रबार बोलाइएको गठबन्धनको बैठकमा उनले जसपाले उपप्रधानमन्त्री पद पाउनु पर्ने दाबी गरेको स्रोतले बतायो । गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुले सोधेको जिज्ञासामा उपेन्द्र यादवले दिएको जवाफ हेर्दा पनि यो बुझिन्छ । मन्त्रालय भागबण्डा गर्ने विषयमा गठबन्धनमा अझै कुरा नमिलेको उनले बताएका थिए । जबकि गठबन्धनका अन्य नेताहरुले भागबण्डा मिलेको प्रतिक्रिया दिएका थिए ।

स्रोतका अनुसार उपेन्द्रले उपप्रधानमन्त्री तथा परराष्ट्र चाहेका छन् । प्रधानमन्त्री देउवा भने उपप्रधानमन्त्री पद राख्ने पक्षमा छैनन् । जसपालाई उपप्रधानमन्त्री दिए अन्य ३ वटा उपप्रधानमन्त्री पद थप्नु पर्ने देउवाको बुझाइ छ ।

त्यो अवस्थामा एउटा पार्टीभित्रै रामचन्द्र पौडेल पक्ष, माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षलाई पनि एक–एक वटा उपप्रधानमन्त्री पद दिनु पर्ने देउवाको भनाइ छ । ४ वटा उपप्रधानमन्त्री राखे जति सुकै राम्रो काम गरे पनि सरकार अलोकप्रिय हुने देउवा निकट व्यक्तिहरुले देउवालाई सल्लाह दिएका छन् ।

यता यही विषयमा देउवासँग यादव चिढिएको स्रोतले बतायो । यादव भने उपप्रधानमन्त्री पद नपाए सरकारमा जाने पक्षमा छैनन् । यसअघि उनी दुई पटक उपप्रधानमन्त्री भइसकेका छन् । त्यो स्थितिमा यादवले सप्तरीकी सांसद रेणु यादवलाई सरकारमा पठाउने भएका छन् ।

जसपाका एक सांसदले भने, ‘उपप्रधानमन्त्री पद नपाएकै कारण गठबन्धन त भत्कन्न तर एउटा उप्रपधानमन्त्री पद जसपाले पाउनु पर्छ भन्ने हाम्रो अडान हो ।’

स्रोतका अनुसार यसपटक जसपाले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । रेणु यादव सरकारमा गइनन भने अमृता अग्रहरीलाई राज्यमन्त्रीमा सिफारिश गर्ने सम्भावना रहेको स्रोतले बतायो । पार्टीबाट कम्तीमा एक जना महिला पठाउने सोच यादबले बनाएका छन् ।

५ नम्बर प्रदेशबाट इस्तियाक राइ या अमृता अग्रहरीको नाम उनले छानेका छन् । सरकारमा आफू गए रेणुलाई नपठाउने, आफू नगए रेणुलाई पठाउने सोच यादवले बनाएको यादव निकट एक नेताले बनाए । उपेन्द्र र रेणु एउटै जिल्लाका हुन् । दुबै नेता सप्तरीका हुन् । पर्साबाट रामसहाय यादव या प्रदीप यादवमध्येबाट एक जनालाई पठाउने तयारी भएको यादव निकट स्रोतले भन्यो ।

राजेन्द्र श्रेष्ठ, महेन्द्रयादव तथा प्रमोद यादवको नाम उनले पनि सर्ट लिष्टमा राखेका छन् । तर महेन्द्र र प्रमोदको एउटै जिल्लाका हुन् । सकेसम्म सर्लाहीबाट एकजनालाई पठाउने, त्यो नभए सर्लाहीबाट दुई जनासम्म पठाउने यादवले तयारी गरेको स्रोतले बतायो ।

महेन्द्र र प्रमोद यसअघि राष्ट्रिय जनता पार्टीमा सम्बद्ध थिए । पार्टी फुट्नुभन्दा पहिले कित्ता परिवर्तन गरी उनीहरु यादवतिर गएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल