
विराटनगर, १७ फाल्गुन। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षा तयारीको अन्तिम ‘मिसन’ पूरा भएको छ । प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभर १२ हजार नेपाल प्रहरी र २३ हजार निर्वाचन प्रहरी गरी ३५ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । सुरक्षा समितिको बैठकले संवेदनशील र अतिसंवेदनशील क्षेत्रको पहिचान गरी सोहीअनुसार सुरक्षा फौज तैनाथ गरेको जनाएको छ ।