Birat Post सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ कार्तिक ।

बाढीले बगाएर मृत्यु भएका विराटनगर–१ का २१ वर्षीय सञ्जित कामतका आफन्तलाई काजकिरियाखर्चका लागि विराटनगर महानगरपालिकाले आइतबार ५० हजारको चेक प्रदान गरेको छ ।
महानगरपालिका अन्तर्गतको विपद समितिको बैठकबाट विराटनगरमा कात्तिक २ र ३ गते परेको अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएका विराटनगर–१ का कामत, विराटनगर–५ का ४१ वर्षीय सञ्जय राई र विराटनगर–१२ का इसान भुजेलका आफन्तलाई किरियाखर्चका लागि जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो ।

कात्तिक ३ गते डुबानमा परेको घरभित्रबाट सामान निकाल्ने क्रममा सिंघिया खोलाको बाढीले कामतलाई बगाएको थियो । ३ दिनपछि उनको शव परोपकारघाट छेउमा फेला परेको थियो । विराटनगर महानगरपालिकाकोतर्फबाट आइतबार मेयर भीम पराजुलीले विराटनगर–१ स्थित धर्मशाला चौकमा बाढीले बगाएर निधन भएको कामतको घरैमा पुगेर उनका बुवा बैजनाथ कामतलाई किरियाखर्चका लागि ५० हजारको चेक प्रदान गरे । मेयर पराजुलीले जीवनको अगाडि पैसाको मूल्य नभएपनि मजदूरी गरेर खाने कामतका परिवारलाई काजकिरियाका लागि प्रदान गरिएको रकमले केहि मद्दत मिल्ने बताए ।

उनले हरेक वर्ष सिंघियामा बाढी आउने गरेको र यसले दुःख दिने गरेको भन्दै महानगरपालिकाले बाढी र डुबान विरूद्धको व्यवस्थापनको कार्यलाई जारी राखेको बताए । मेयर पराजुलीले विराटनगर महानगरपालिका जहिलेपनि विराटनगरवासीको सुख दुःखमा साथै रहने गरेको बताए । वडा नंं १ का वडाध्यक्ष उद्धव अर्यालले जनप्रतिनिधि आपतको बेला दुखी पीडितको घरमा पुग्नु पर्ने बताए । बाढीका कारण मृत्युवरण गरेका राई र भुजेलका आफन्तलाई सोमबार ५० हजारको काजकिरिया खर्च वापतको चेक प्रदान गरिने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल