विराटनगर,२१ माघ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाले आज २४ घन्टामा देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको हो।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ।