Birat Post आइतबार, माघ २३, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२३ माघ ।
भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेका महानगरवासीको ब्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोग र विराटनगर महानगर बीच संझौता भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली, महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला , सदस्य सचिव अमिर प्रसाद न्यौपानेले संझौतापत्रमा हस्ताक्षर गरेका थिए । भूमिहीनहरुको समस्या समाधान गर्ने उदेश्य अनुरुप संझौता भएको हो ।

संझौता भए अनुरुप भूमिहीन दलित,सुकुम्बासी र अब्यवस्थित बसोबास गरिरहेका महानगरवासीको पहिचान,प्रमाणीकरण ,आधार र मापदण्ड तयार गरी महानगर र भूमि आयोगले गृहकार्य गर्ने छ । आयोग संगको संझौता संगै भूमिहीनहरुको समस्या समाधानका लागि महानगर लागिपर्ने  मेयर भीम पराजुलीले बताए ।  पराजुलीले  दलित तथा विपन्न बर्गका लागि महानगरले आवास योजना मार्फत सेवा  कार्य अगाडी बढाउदै लगेको समेत जानकारी दिए ।

नेपाल सरकारले चाँडोभन्दा चाँडो भूमिहीनका समस्या समाधान गर्नमा लागेकाले स्थानीय तहसँग सम्झौता गरिएको आयोगका अध्यक्ष केशब निरौलाले बताए । कार्यक्रममा भूमि आयोग केन्द्रीय  सदस्य सरिता महर्जन,मोरङ अध्यक्ष शुसिला घिमिरे,विराटनगर महानगर सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया,प्रशासन अधिकृत केवल पोखरेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल