Birat Post आइतबार, फाल्गुण १५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ फागुन /
विराटनगर महानगरपालिकाको नवौं नगरसभा सर्वसम्मतरुपमा सम्पन्न भएको छ । आइतबार सम्पन्न सभामा आर्थीक वर्ष २०७८/०७९ को बजेट संसोधन, ऐन कानुनको विधेयक स्वीकृत तथा अर्धबार्षिक प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय छलफल भएको थियो ।
नंगरसभाका क्रममा मेयर भीम पराजुलीले जनतासंग निर्वाचन भएर आउनुभन्दा अगाडी गरेको घोषणापत्रमा उल्लेखित कामहरु ९० प्रतिशतभन्दा बढी पुरा भएको दाबी गर्नु भएको थियो । प्रत्यक्ष अनुभव हुनेगरी जनताले विकासको अनुभुति गरेको उहाँको भनाइ थियो ।
मेयर पराजुलीले विराटनगरका १९ वटै वडाका जनप्रतिनिधिहरुले आ आफ्नो वडामा अधितम विकास गरौ भन्ने भावनाका साथ काम गरेको भन्दै प्रशंसा गर्नु भएको थियो ।

आफ्नो कार्यकालमा डेढ सय किलोमिटिर भन्दा बढी सडक कालोपत्रे भएको, ६ हजार घरहरु समेटिने गरी ढल प्रणाली सहित फोहरमैला प्रशोधन केन्द्र निर्माण गरी सञ्चालन गरिएको , जनताको काममा सहज र सरल बनाउन आधुनिक तथा सुविधा सम्पन्न वडा कार्यालयहरु– वडाहरु ३, ५, ६, ७, ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १८, १९ मा निर्माण गरिएको, आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी काम भइरहेको बताउनु भएको थियो ।
मेयर पराजुलीले कतिपय कामहरु आफ्नो कार्यकालमा सम्पन्न गर्न नसकिएको पनि बताउनु भयो । उहाँले तत्कालिन अबस्थामा संघीय र प्रदेश सरकारको असयोगका कारण धेरै महत्वपूर्ण योजनाका कामहरु सम्पन्न गर्न नसकेको बताउनु भयो । बाढी र कोरोना संक्रमणका कारण पनि कतिपय कामहरुमा अबरोध भएको उहाँको भनाइ थियो ।

यस्तै उपमेयर इन्दिरा कार्कीले विराटनगरको विकास द्रुतगतिमा भएको बताइन् । यतिको विकास हामी आएपछिकै हो उपमेयर कार्कीले भन्नुभयो“ पछिल्लो समय आएका जनप््रतिनिधिवाट मात्रै विकास सम्भव भएको हो । विराटनगरको समग्र विकास संगै केही काम पुरा नभएको र त्यो काम पुरा हुनेमा आशाबादी रहेको बताउनु भयो ।
यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडाले छलफलका विषयहरु उठान गर्नु भएको थियो । नगरसभामा विराटनगर महानगरका १९ वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आफ्नो कार्यकालमा भएका विकास निर्माणको जस लिने र प्रचार गर्ने काम गर्न नसकिएको भन्दै त्यस्ता कार्यहरुका बारेमा जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिनु भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल