Birat Post आइतबार, चैत्र २७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २७ चैत्र ।
नेपाल तरुणदल क्षेत्र नं. ४ मोरङले क्षेत्रीय भेला सम्पन्न गरेको छ । विराटनगरमा आइतबार आयोजित भेलामा क्षेत्रका तरुण युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्न र सवैको अस्थित्व स्विकार गरेर अगाडी बढ्न आबश्यक रहेको औल्याए । स साना अन्तरद्धन्द्धमै अल्झिदा नेतृत्व विकास पनि कमजोर बन्ने र पार्टीको अस्थित्व समेत खतरामा पर्न सक्ने तर्फ सचेत बन्नुपर्ने बताए । चुनावको समय नजिकिदै जादा एकताबद्ध रहन र एक अर्काको अस्थित्व स्विकारेर मेलमिलापका साथ अगाडी बढ्न आग्र गरे ।

यस्तै केन्द्रीय सदस्य भीम पराजुलीले नजिकिदो स्थानीय चुनावमा आपसी सद्भाव कायम गर्दै अगाडी बढ्नुको विकल्प नभएको बताए । आफ्नो क्षेत्रतर्फ इंगित गर्दै पराजुलीले पाटीमा कहि कतै निषेधको राजनीति मौलाउदै गएको भन्दै तिक्तता सिर्जना गर्ने काम नगर्न आग्रह गरे । उनले समृद्ध विकासका लागि गएको केपी ओली र दुईतिहाइको सरकार जिम्मेबार रहेको बताए । आफु मेयरकोरुपमा काम गरिरहदा विभिन्न व्यवधान खडा गरेर जनताको विकास र अधिकार कुन्ठित गरेकोमा असन्तुष्टी व्यक्त गरे ।

यसै गरी युवा नेता तथा महाधिवेशन प्रतिनिधी दीलिप गच्छदारले नेतृत्वले कार्यकर्तामाथी अति राजनीति नगर्न आग्रह गरे । हामी सवै राजनीतिनै गर्ननै आएका हौ तर आफ्ना कार्यकर्तामा मार्थी भने राजनीति नगरौ । लोकतान्त्रीक विधि र पार्टीभित्र सभासमारोह गर्न र बोल्न पाइन्छ गच्छदारले भने ।

तरुणदल क्षेत्र नं.४ का सभापति सन्जयथापा –प्रभाकरको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु केशरवहादुर बस्नेत,शुची चौधरी,भुटनीदेवी खवास,प्रदेश सदस्य दिननाथ आचार्य ,प्रेस युनियन मोरङका कार्यबाहक अध्यक्ष कौशल निरौला,लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल