विराटनगर ,६ असार । नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायात सञ्चालकहरूले चक्काजाम गरेका गरेका छन् ।
विराटनगरको राजवंशी चोक राजमार्गमा सवारी साधन सडकमा तेर्साएर यातायात अवरुद्ध गरेका छन् । उनिहरूले गरेको आन्दोलनमा स्थानीय जनताले समेत समर्थन जनाउदै विरोधमा उत्रिएका छन् ।