Birat Post मंगलबार, आश्विन २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ असोज ।
व्यवस्थित विराटनगरको परिकल्पनाकार मध्येका एक गोपाल रेग्मी यही मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र न,६ ९ख०बाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन ।
मतदाता र शुभचिन्तकहरुको निरन्तर दवाव परेपछि उनले प्रदेश सदस्यको उम्मेदवारी दर्ता गराएका हुन । जनताको समस्या सम्बोधन गर्न सक्ने र स्वार्थमा लिप्त नभएका उम्मेदवार छनौट गर्न सकस भैरहेको बेला रेग्मीको उम्मेदवारीले यहाँका मतदाता हौसिएका छन । उनको उम्मेदवारीले पार्टीबाट उम्मेदवार बनेकालाई सकस पर्ने देखिएको छ ।

विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर बस्दा रेग्मीले विराटनगरका २ सय किलो मिटर भन्दा बढी सानारठूला सडक फराकिलो पारेका थिए । एशियाली बिकास बैकले उनको कामै देखेर ६ अर्व रुपैया भन्दा बढी सहयोग गरेको थियो ।पछि भीम पराजुली मेयर भए सगै थप अन्य काम समेत अगाडी बढाएर विराटनगरको सडक चौडा र चिल्ला बन्न सकेकोमा रेग्मीलाई पनि श्रेय जान्छ ।
विराटनगर—६ निवासी मो समिल मियाँले रेग्मीको उम्मेदवारीले मतदाताहरुमा उत्साहा छाएको बताए । काम गर्ने उम्मेदवार आफूहरुको रोजाईमा परेको उनले स्पस्ट पारे । चुनावका बेला बाचा गर्ने जितेपछि ५ बर्ष फिर्किएर नआउने पार्टीका उम्मेदवारलाई उनको उम्मेदवारीले सकस पार्ने मियाँले बताए ।कांग्रेस प्रदेश नम्बर , १ का सदस्य समेत रहेका रेग्मीले पार्टीको व्यानर लिएर निर्वाचन नलडने गरि स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

पार्टी र पार्टी बाहिर उनका धेरै शुभचिन्तक छन । यस क्षेत्रका समाजसेवी भद्र प्रतिष्ठित व्यक्ती , प्राध्यापक , वुद्धिजिवी, लगायत धेरै मतदाता उनको पक्षमा उभिएका छन ।
विराटनगरको विकासमा अतुलनिय योगदान गरेका कारण रेग्मी अझै पनि चर्चाको शिखरमा छन् । निडर र हक्की स्वभावका उनले विराटनगरको विकासमा गरेको योगदानको प्रशंसा अझै पनि नगरबासीमा ताजै छ । पार्टी भन्दा व्यक्ती हेर्ने लहर चलिरहेको बेला उनको उम्मेदवारीलाई मतदाताले शुभ संकेतको रुपमा हेरेका छन् ।

 

 

 

 

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल