Birat Post आइतबार, आश्विन ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३० असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दलहरु मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले देशमा प्रतिगमनको खतरा अझैपनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरु एक हुन जरुरी रहेको बताए ।

प्रधानमन्त्री देउवाले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनु परेको बताए । साथै उनले मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्ने बताए ।

उनले भने– ‘जो अहिलेको गठबन्धन बनेको छ, यो लण्डन गएको लोकतन्त्र, प्रजातन्त्र छ । त्यसलाई स्थायित्व दिन आवश्यक छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले अहिले सबै पार्टीहरु एक हुन जरुरी छ । त्यसैले आज गठबन्धनमा सबैले मिल्नु पनि आवश्यक छ । दोस्रो कुरा अहिलेको संविधान अत्यन्त समावेशी संविधान छ । त्यो संविधानमा सबै नेपालीहरु अटाउने ठाउँ छ । साथसाथै कुनैपनि पार्टीको बहुमत आउन गाह्रो छ । त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ ।

यो एउटा संस्कृतिको विकास भएको छ । मिलेर चुनाव लड्ने, मिलेर लोकतन्त्रको सुदृढीकरण गर्ने साथसाथै मिलेर गरिबी हटाउने । त्यो मौका आएको छ । यो हाम्रो लागि ठूलो मौका हो । र चुनौती पनि हो । त्यसैले चुनौतीको सामना गर्दै मौकाको सदुपयोग गरेर हामीले नेपाललाई सच्चा मानेमा गणतन्त्रात्मक, लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्नुछ ।’

उनले काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरु आपसमा मिलेर गठबन्धनलाई अत्याधिक मतले विजय गराउने विश्वास व्यक्त गरे ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल