Birat Post आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

रंगेली २० कात्तिक ।
मोरङ क्षेत्र न.२ मा नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाको लोभलाग्दो सक्रियता देखेर मतदाताहरुमा समेत उत्साह बढेको छ । यसै पनि गिरिजाप्रसाद कोइरालाको प्रभाव क्षेत्र मानिएको उक्त क्षेत्रमा उनकै छोरी सुजाता कोइराला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् ।

आफुमा युवा जोश रहेको र गिरिजा वावुको सपना पूरा गर्ने लक्ष्यका साथ आफु निर्वाचनमा होमिएको उनले बताएकी छन् । युवाहरुलाई रोजगार ,महिलाहरुलाई सीपमुलक तालिम ,क्षेत्रको सडक विस्तार तथा बाढीबाट बर्षेनी जनताले भोग्नु परेको समस्या समाधान गर्ने उनको लक्ष्य रहेको छ ।

गिरिजावावुले आफु पछी यस क्षेत्रको विकासका लागि सत्तामा रहदा वा नरहदा पनि गर्नु भनेको र त्यसलाई आत्मसाथ गर्दै काम गरिरहेको उनले बताइन् । निर्वाचनका बेलामात्रै नभएर अन्य वेला पनि यस क्षेत्रको सुख दु:खमा सहभागी भइरहेको उनले स्मरण गरिन् ।

विराटपोष्टको टिम संग कुरा गर्दै कोइरालाले भनिन् ,”ठूलो कुरा मैले गरेको छैन । मैले जे गर्न सक्छु त्यही कुरा जनतालाई भन्दै हिडिरहेको छु । म जे भन्छु,त्यही गर्छु ,जे भन्छु त्यही गर्छु भन्ने गर्नुहुन्थ्यो गिरिजावावु । मेरो पनि त्यही हो । यस क्षेत्रको विकास मेरो जिम्मा हो । यहाँनै केही गर्ने धोको ममा छ । यहाँको जिवन स्तरमा अव परिवर्तन हुन्छ ।”

यस्तै कोइरालाको समर्थनमा प्रतिस्पर्धी उम्मेदवार , विभिन्न पार्टीका मानिसहरु प्रवेश गर्ने तथा समर्थनको ओइरो लाग्न थालेको छ । उनले जीत आफ्नो पक्षमा पार्न गरेको प्रयास सफल भएको स्थानिय कार्यकर्ता मनोज बलाल बताउछन् । उनले पार्टीमा आउनेहरुलाई स्वागत मात्रै नभइ संग सगै लिएर क्षेत्रको विकासमा जुट्ने प्रतिवद्धता जनाएकी छन् ।

 

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल