Birat Post बुधबार, मंसिर २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २१ मंसिर /
विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा कृषिका आधुनिक उपकरण देखि प्रदेश १ का उत्पादित कृषिजन्य वस्तुहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने छ । एक्स्पोको अवलोकनमा आउने कृषकहरू तथा उपभोक्तालाई लक्षित गरी कृषि सम्बन्धी आधुनिक प्रविधि र उपकरणहरू पनि प्रदर्शनीमा राखिने आयोजक समितिले जनाएको छ ।

आयोजक समितिका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोमा आउने कृषकहरूलाई कृषिका आधुनिक प्रविधिको बारेमा जानकारी दिइने बताए । उनले विश्वमा आधुनिक प्रविधिहरू भित्रिएको तर, नेपाली कृषकहरूले यस्ता प्रविधि र उपकरणबारे जानकारी नपाइरहेका कारण एक्पोमा कृषकहरूलाई नै लक्षित गरी छुट्टै पेभिलियनको व्यवस्था गरिएको बताए ।

एक्स्पोमा प्रदेश सरकार कृषि मन्त्रालयले पनि २० वटा स्टल राख्ने जनाएको छ । मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेलले कृषिका आधुनिक उपकरण, नयाँ प्रविधिका विषयमा किसानलाई जानकारी गराउने गरी स्टलहरूको व्यवस्थापन गरिएको बताइन् । उनले एक्स्पोमा आउने किसानहरूले कृषि क्षेत्रमा उदाहरणीय काम गरेका किसान तथा उद्यामीहरूसँग छलफल गरी थप ज्ञान र सिप हासिल गर्न सक्ने स्पष्ट पारिन् ।

एक्स्पोमा कृषि, औजार, कृषि प्रविधि, कृषि जन्य उत्पादनका भिन्ना भिन्नै किसिमका स्टलहरू राखिएको पोखरेलले बताइन् । एक्स्पोमा भारतका कृषिजन्य मिल, मेसिनरी, उत्पादन गर्ने कम्पनीहरूको सहभागिता रहने छ । यस्तै नेपाल कृषि मेसिनरी व्यवसायी संघको कृषि प्रविधि प्रदर्शनसहितको सहभागिता रहने छ । एक्स्पोमा तेह्रथुमको ढाका, संखुवासभाको अल्लो, ताप्लेजुङको राडी, इलामको ललिपक, चियालगायतका कृषिजन्य वस्तुहरूका स्टल राखिने छन् ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल