Birat Post बुधबार, पुष १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,१३ पुष

अपाङ्गहरुलाइ न्यायमा सहज पुहुँच पुर्‍याउन सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने सुझाव एक कार्यक्रमका सहभागीहरुले दिएका छन्।
राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश नं १ द्वारा संयुक्त्त रुपमा आजदेखि शुरु भएको दुई दिने समावेशी न्यायिक प्रणालीको विकासका लागि कार्यशाला गोष्ठीमा उनिहरुले यस्तो बताएका हुन् ।

संविधानले प्रदान गरेको अधिकार तीन तहका सरकारले सहज प्रयोग र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले गोष्ठीको उद्घाटन गर्दै पीडित रहेका अपाङ्गहरुका लागि न्यायमा सहज पुर्‍याउनका लागि अदालतले भूईतल्लामा इजलासको व्यवस्था गर्ने गरेको जानकारी दिए ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले संवैधानिक व्यवस्था अनुसार अपाङ्गको अधिकार सम्बोधनका विषयमा आवश्यक अनुगमन र निरीक्षणको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

अपाङ्ग महासङ्घका प्रदेश अध्यक्ष नविचन्द्र ढुङ्गेल,मानव अधिकार आयोगका प्रदेश प्रमुख पवनकुमार भट्ट, राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष वीरेन्द्र राज पोखरेलले अपाङ्गहरुलाई विसकासको मूल प्रवाह र न्यायमा पहुँचका पुर्‍याउन सबैको सहकार्य आवश्यक रहेको धारणा राखे ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल