Birat Post शनिबार, पुष १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ पुष । नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस विभिन्न कार्यक्रम गरी मनाउदै छ । राष्ट्रिय मेलमिलापको नीति बोकेर बीपी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष कांग्रेसले यो दिवस मनाउँदै आएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ–आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । कांग्रेसका संस्थापक नेता कोइरालालाई तत्कालीन राजा महेन्द्रले २०१७ सालमा ​प्रधानमन्त्रीबाट अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए। बीपीसहित नेता आठ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा गएका थिए।

मुलुक झन् अस्थिर बनेको भन्दै बीपी राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता कायम गरी देशको विकास गर्नुपर्ने भन्दै फर्किएका थिए। दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट देश बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै उनी त्यसबेला स्वदेश फर्किएका थिए। उनीसँगै गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता स्वदेश फर्किएका थिए।

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल