Birat Post शनिबार, जेठ १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ जेठ । एनसेलले विराटनगरमा गर्ने सांगीतिक कार्यक्रमको तयारी पूरा भएको छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार दिउँसो २ बजेबाट विराटनगर ७ हाटखोला मैदानमा सुरु हुने सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

सांगीतिक कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ । सांगीतिक कार्यक्रममा अभिनेत्री केकी अधिकारी, गायक दीपक बज्राचार्य, एन्ड रिदम ब्यान्ड, लाउरे, सुनिल पण्डित, शिव परियार, द एलिमेन्ट्स र अस्मिता अधिकारीको प्रस्तुती रहनेछ । उनीहरुले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी रमाईलो गर्नेछ । प्रस्तुती दिन कलाकारहरु विराटनगर शुक्रबार आइपुगेका छन् ।

शनिबार दिउँसोदेखि करिब ६ घण्टा चल्ने कन्सर्टमा दर्शकको मन जित्ने प्रयत्न गर्ने दिपक बज्राचार्यले बताए । कोशी प्रदेशको राजधानीमा हुन लागेको यो भव्य साँस्कृतिक कार्यक्रम नछुटाउन आशिष राना ९लाउरे० ले दर्शकलाई आग्रह गरे । कार्यक्रमको प्रत्यक्ष प्रसारण एनसेलको फेसबुक पेजबाट पनि हुने भएकाले सबै तिर छरिएर रहेका नेपालीले आनन्द लिने पाउने रानाले बताए ।

कार्यक्रम स्थलमा रहने एनसेलको स्टल मार्फत कम्पनिले प्रदान गर्दै आएको सेवा एवं सुविधाका बारेमा पनि दर्शकलाई जानकारी गराइने आयोजकले बताएको छ । यो कार्यक्रमले हालको शिथिल बजारलाई चलायमान बनाउन सहयोग पुग्ने एनसेलको विश्वास छ । यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ मा काठमाडौंमा एनसेल प्रिजेन्टस् १६ औं दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे आयोजना गरेको थियो ।

अर्थतन्त्र, पर्यटन व्यवसायको उत्थानमा र आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ पर्पल स्याटर्डे आयोजना गरिएको एनसेलले जनाएको छ । यस सांगितिक कार्यक्रममा सहभागी हुन ईच्छुक एनसेलका ग्राहकहरुले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा सम्पर्क गरि कार्यक्रमको टिकट लिन सकिने छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल