Birat Post शनिबार, आषाढ २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको ७७औं जन्मोत्सवका अवसरमा नेपाल विद्वत परिषदले शनिबार विराटनगर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । राजाका गतिविधि र वीचारका विषयमा वहस चलाउने काम विद्वत परिषदले गर्दै आएको छ ।

कार्यक्रमका बोल्दै नेपाल विद्वत परिषदका केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेलले ज्ञानेन्द्र शाहलाई दलहरुलेनै राजगद्दीमा फर्काउने दावी गरे । देशका विभिन्न स्थानमा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य नागरिक अभिनन्दनको क्रममा उत्रिएको जन सागरले पनि यसको पुष्टि गर्दै लगेको उनको दावी थियो । दल बलमा नभए ,जनवलमा ज्ञानेन्द्र शाह पुन: राजगद्दीमा फर्किने अर्जेलले बताए ।

यस्तै नेपाल विद्वत परिषदका केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल संयोजक बल्लभ प्रसाद दाहालले राजसंस्था फर्काउने पक्षमा जनलहर चलिरहेको बताए । जनआन्दोलनका क्रममा राजा र हिन्दु राष्ट्र हटाउने विषयमा कुनै किसिमको सहमती नभएको तर जनताको भावना र मर्म विपरीत देशका प्रमुख राजनैतिक दलका नेताहरुले आयातित गणतन्त्र भित्राएको आरोप लगाए ।

पूर्वउपप्रधान तथा गृहमन्त्री बद्रिप्रसाद मण्डलले ज्ञानेन्द्र शाहलाई नेपाली जनताले सम्मानकारुपमा हेरिरहेको वताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका पूर्व अध्यक्ष माधवप्रसाद आचार्य ,परिषदका कोशी संयोजक कपिल पोखरेल, मोरङ जिल्ला अध्यक्ष पुष्पराज दाहाल , अभियन्ताहरु पन्नालाल राजवंशी, श्याम अधिकारी, आनन्द गुरु महाराज, केशव रिजाल, दामोदर खराल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल