Birat Post शनिबार, साउन २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

–  मुलघरे कान्छा

मुन्दुम हजारौ वर्ष अघि किराती पुर्खाहरुमा जब चेतनाको विकास हुने क्रममा यो श्रृष्टि,यो संसार,यो प्रकृतीसंगको सामिप्यता संगै प्रकृतिमा रहेका चराचर प्राणी जगत,सारा पशुपंक्षी,चराचुरुङ्गी,वनस्पती,प्रकृतीमा रहेका हिमाल पहाड, ढुङ्गा माटो,वन–जङ्गल,नदि खोला–नाला ताल तलैयाहरु,प्रकृतीमा रहेका हरेक कुराहरुसंगको अनुभव, भोगाईहरु बाट व्यवहारिक ज्ञान प्राप्त गर्दै गए। यसरी प्राप्त व्यवहारिक ज्ञान पुस्तौपुस्ता देखी एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुदै आईरहेको चेतनाको विकासको चरणहरुको सिंगो सार,ति हरेक वस्तुहरु प्रतिको दार्शनिक चिन्तन,विश्व दृष्टिकोण तथा व्यवहारिक ज्ञानको समुच्चय सार नै मुन्दुम हो। मुन्दुम मौखिक तथा श्रुति परम्परामा आधारित छ। मुन्दुम किराती समाज/समुदायमा विभिन्न मिथकहरुको संग्रह, कथा, होप्माछाम,गित तथा मुन्दुमी सांस्कृतिक नायकहरु मुन्दुमी,तायामी,नछुङ, नाक्छो, नाक्छुङ, माङ्पा, कुबी, नागिरे, जानपा, मावी, ज्वाम्चो, पासिङ, दोवा, वाटाङ्पा, बुङटोमी, सुक्सङ्मी, बुङपेन्मी, राहाङ्मी, बाखमी, फेदाङमा, येबा, येमा, देवारी, तुम्साबङ्ग, धामी बिजुवाहरुले गाऊने रिसिया,होप्माछाम (मन्त्रहरु)को स्वरुपमा एक पुस्ता देखी अर्को पुस्तामा पुस्तौपुस्ता देखी पुस्तान्तरण हुदै आईरहेको छ ।

मुन्दुम अनुसार साल्पा सिलिचुङ नै श्रृष्टिको उत्पत्ति केन्द्र तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको जनविश्वास रहेको छ। मुन्दुम अनुसार यो धर्तीमा (हेन्खामा)मा सर्वप्रथम श्रृष्टिकर्ताहरु सुम्निमा र पारुहाङ यहि सिलिचुङमा नै भेट भएको कारणले सिलिचुङ लाई पारुखामको रुपमा जनविश्वास रहेको छ । त्यस्तै मुन्दुमा किरातीहरुको आदिम पुर्खाहरु रिकापा–रिभ्यामा,साल्पाहाङ–रिब्रिहाङमा/रिब्रिमा(साल्पा राजा र साल्पा रानी)जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचुङमा नै आदिमथलो तथा बासस्थान रहेको मुन्दुमी जनविश्वास रहेको छ। किरातीहरुको पवित्र मुन्दुमी स्थल सिलिचुङ मुन्दुमी साया(शिर) सुम्दिमा–पारुहाङको बासस्थान हो। किरात राईहरुको भाषामा सिलिचुङको शाब्दिक अर्थ सिली भनेको (साकेला सिली,नछुङ माङ्पाहरुले नाच्ने विभिन्न सिलीहरु झै सिली=नांच र चुङ= डांडा/चुचुरा भन्ने शाब्दिक अर्थ राख्दछ।

यस पवित्र मुन्दुमी स्थल सिलिचुङमा आदिमकालमा नछुङ–माङ्पा धामी बिजुवाहरुले आफ्ना गुरु बस्ने स्थान र आध्यात्मिक रुपमा सिली नाच्ने स्थलको रुपमा लिने गरीन्छ । त्यसैले किरातीहरुको सांस्कृतिक नायकहरु, मुन्दुमी नछुङ,माङ्पा,नागिरे,कुबी,ज्वाम्चो,मावी, दोवा,पासिङ,वाटाङ्पा,बुङ्पेन्मी,धामी बिजुवाहरु यारीचुरी माङमिछामा चिन्ता बस्दा मुन्दुमी शक्तिले सुप्तुलुंङ तिनचुला बाट सुरुवात गरेर खुवालुङ हुदै साल्पा सिलिचुङ सम्मको रिचुवल यात्रा गर्देछन । किरातीहरुको सांस्कृतिक नायकहरु,मुन्दुमी नछुङ,माङ्पा,धामी बिजुवाहरु वर्षेनी कार्तिक पुर्णिमा, बैशाख पुर्णिमा र भदौरे पुर्णिमामा (Ritual Journey, Spiritual Jorney) रिचुवल यात्रा,स्पिरिचुवल यात्रामा र मुन्दुमी शक्ति नविकरण गर्नको लागी मुन्दुमी यात्राको निमित्त साल्पा–सिलिचुङ जाने गर्दछन। यस अर्थमा (साल्पासिलिचुङ) किरातीहरुको निमित्त हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का–मदिना, बुद्धिस्टहरुको लुम्बिनी भने जस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल किरात सांस्कृतिक सम्पदा हो।

यस साल्पा पोखरी र सिलिचुङ भोजपुर, सोलुखुम्बु, खोटाङ र संखुवासभा जिल्लाको सिमाक्षेत्रमा अबस्थित भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका दोभाने गाबिसको वडा नम्बर ५ अन्तर्गत पर्दछ । यो क्षेत्र भोजपुर, सोलुखुम्बु, संखुवासभा र खोटाङ जिल्लाको संगम स्थल हो । यस साल्पा पोखरीको उचाई समुन्द्री सतह देखि ३७५० मिटरको उचाइमा रहेको साल्पा पोखरी र सिलिचुङ समुन्द्री सतह देखि ४१५५ मिटरको उचाइमा रहेको छ । यस साल्पा पोखरीको अक्षांश २७.४४६ डिग्री उत्तर र देशान्तर ८६.९३४ डिग्री पुर्ब रहेको छ । यहाँबाट भोजपुर, संखुवासभा, धनकुटा,तेर्हथुम ताप्लेजुंग, खोटांग, सोलुखुम्बु, ओखालढुंगा जिल्लाको थुप्रै गाउँघर देख्न सकिन्छ । यहाँबाट मकालु, कंचनजंघा,चोमोलुङ्मा/सगरमाथा हिमाल देख्न सकिन्छ। यस साल्पा सिलिचुङ वरपरका क्षेत्र भोजपुर,खोटांग,सोलुखुम्बु,संखुवासभा लगायत क्षेत्रमा बिशेष गरेर कुलुङ, बान्तावा, चाम्लिङ, साम्पाङ, कोयी, खालिङ, दुमी, मेवाहाङ,याम्फु,थुलुङ लगाएत अन्य विभिन्न भाषिक राईहरुको सघन बसोबास रहेको छ । यस साल्पा सिलिचुङ छेत्रमा भूगर्भशास्त्री, पुरातात्वबिद, मानवशास्त्री, समाजशास्त्री, इतिहासविद हरुले गहन रुपमा पुरातात्विक खोज तथा अध्ययन अनुसन्धान गर्ने हो भने किरातीहरुको प्राग ऐतिहासिककालको इतिहास,प्राचिन किरात सभ्यताकालिन ऐतिहासिक तथ्य प्रमाणहरु प्राप्त गर्न सकिने सम्भावनाहरु देखिन्छ ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल