Birat Post बुधबार, भाद्र १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१३ भदौ । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर-अर्थात ९२ अर्ब रुपैयाँ को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आजबाट सुरु हुँदैछ।

बुधबार सिंहदबारस्थित अर्थमन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच लेटर अफ एक्सचेन्ज गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनको औपचारिक सुरुआतको घोषणा गरिनेछ। अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच लेटर अफ एक्सचेन्ज हुने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले जनाएको छ। त्यसका लागि एमसीसीका उपाध्यक्ष क्यामरुन मंगलबार नै काठमाडौं आइपुगेका छन्।

लामो विवाद र बहसपछि २०७८ फागुन १५ गते नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको थियो। त्यसपछि उक्त परियोजना औपचारिकरुपमा कार्यान्वयनमा लैजाने बाटो खुलेको हो।

सम्झौताअनुसार आयोजना निर्माणको कार्य औपचारिक रूपमा कार्यान्वयनमा आएको दिनदेखि पाँच वर्षभित्र सबै काम सम्पन्न गर्नुपर्ने हुन्छ। अर्थात २०८५ भदौ १२भित्र सबै कार्यक्रम सम्पन्न गर्नुपर्ने हुन्छ। तर,सत्ता साझेदार दलभित्र एमसीसीका विषयमा अझै विवाद र विमति कायमै रहँदा सम्झौता अवधिभित्र सबै परियोजना निर्माण सम्पन्न हुनेमा आशंका गरिएको छ।

कार्यक्रममा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर अर्थात ६६ अर्ब रुपैयाँ अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर अर्थात २६ अर्ब लगानी रहेको छ। त्यसबाट राष्ट्रिय गौरवका विद्युत् प्रसारण लाइन र सडक मर्मत गरी दुईवटा आयोजना रहेका छन्। नेपाल तथा एमसीसीबीच २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो।

सम्बन्धित

ताजा अपडेट
मारवाडी ब्राह्मण समाजले विराटनगरमा मनायो परशुराम जयन्ती
विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सुरु
विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव कार्कीद्वारा संसद सचिवालयमा दर्ता

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल