Birat Post आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ कात्तिक । नवरात्रभरी अन्न ग्रहण नगरी देवीको आरधना गर्ने कार्यलाई नेपाली कांग्रेसका नेता भीम पराजुलीले यसपटक पनि निरन्तरता दिएका छन् । छठ पर्वमा समेत निराहार वसेर दण्डप्रणाम गर्ने पराजुलीले नवरात्रमा पनि विगत १० वर्ष यता अन्न ग्रहण नगरी ब्रत र उपासना गर्ने गरेका छन् । धार्मिक कर्ममा बढी रुचि राख्ने उनको छवी राजनीतिमा पनि उत्तिकै उचाइमा छ । हाल उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशको प्रदेश सभा सदस्य रहेका छन् ।

धार्मिक कर्म गर्दा शान्तिको महसुस हुने र सानै उमेरदेखि धार्मिक कर्म र अनुन्ठानका कार्य संगै राजनीति ,समाजसेवामा समर्पित हुदै आएको पराजुलीको भनाई छ । अखण्डरुपमा आफुले घटस्थापना देखि दशमी सम्म अन्न ग्रहण नगरी अनुष्ठान गर्ने काम प्रत्येक वर्ष गर्ने गरेको उनले वताए । यसपटक सप्तमीको दिन भने निराहार व्रत बसेर शिव पाञ्चायन मन्दिर पोखरियामा राखिएको सामुहिक जमरा तथा देवीपुराणमा फूलपाती भित्राएको उनले बताए । नवमीको दिन भने नवकन्या पुजनको कार्यक्रम राखिएको उनले बताए ।

धार्मिक छवी बनाएका पराजुली धार्मिक अभियन्ता समेत हुन् । नेपाली कांग्रेसको केन्द्रीय समिति र प्रदेश सभामा समेत हिन्दुवादी एजेण्डामा उनी आफ्ना कुरा अडिग भएर राख्ने गरेका छन् । धेरै राजनैतिक फ्लोरहरुमा नेपाल हिन्दुराष्ट्र हुनुपर्ने आवाज समेत पराजुलीले उठाउदै आएका छन् । हिन्दु राष्ट्रको एजेन्डा कांग्रेसले वोकेर जनमतको कदर गर्नुपर्ने तर्क पराजुलीको छ । यही कारण जनमानसमा उनी पपुलर समेत छन् । कोशी प्रदेश लगायत देशका विभिन्न ठाउँमा हुने सवैखाले धार्मिक कार्यक्रममा उनलाई निम्तो समेत हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल