Birat Post बिहिबार, मंसिर १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१४ मंसिर ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको सर्वाभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन भएको बताए।

उनले नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्नसक्नुको मुख्य आधार भूराजनीतिक संवेदनशीलता रहेको बताए। उनले भूराजनीति सन्तुलन कसरी कायम राख्ने? ऐतिहासिक रुपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ? भन्ने हिसाबबाट हेर्नुपर्ने बताए।

उनले भने, ‘नेपालको सर्वाभौम सत्ताको मूल आधार भूराजनीतिक सन्तुलन हो। नेपाल बचेको, नेपाल बढेको, नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्न सकेको मुख्य आधार के हो भने भूराजनीतिक संवेदनशीलता हो। भूराजनीति सन्तुलन कसरी कायम राख्ने? ऐतिहासिक रुपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ। पृथ्वीनारायण शाह, जंगबहादुर होस् चाहे बिपी कोइराला होस् सम्पूर्ण मान्छेहरुले नेपालमा आफ्नो भूराजनीतिक असंग्नतामा कार्यकौशलता प्रदर्शन गरेर यो मुलुकको अस्तित्व जोगाएका छन्।’

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल