Birat Post मंगलबार, जेठ २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२२ जेठ । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झण्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ मा मनसुनमा हुने अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसंख्यालाई असर गर्ने अनुमान गरिएको छ । प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले मनसुनजन्य विपद्बाट यो वर्ष १८ हजार परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनुपर्ने अनुमान गरिएको बताएका छन् ।

मनसुन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपद्बाट प्रभावित हुने प्राधिकरणले अनुमान गरेको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरेको प्राधिकरणले कोशीमा २२ हजार घरपरिवारमा प्रभावित हुन सक्ने तथा सो मध्ये पाँच हजार घरपरिवारलाई उद्धार र राहत आवश्यक पर्ने जनाएको छ ।

यस्तै, मधेश प्रदेशमा २० हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुने र चार हजारभन्दा बढी घरपरिवारलाई उद्धार तथा राहत आवश्यक पर्ने, बागमतीमा सात हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र एक हजार पाँच सय घरपरिवारलाई राहत तथा उद्धार आवश्यक हुने पूर्वानुनुमान गरिएको छ ।

लुम्बिनी प्रदेशमा १५ हजार पाँच सय, सुदूरपश्चिम प्रदेशमा पाँच हजार पाँच सय र सुदूरपश्चिममा करिब एक हजार पाँच सय घरपरिवार मनसुनबाट प्रत्यक्ष प्रभावित हुने पूर्वानुमान छ । मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार, पुनस्र्थापना तथा राहतका लागि नेपाली सेना, सशस्त्र बल, नेपाल प्रहरीका गरी ३१ हजार भन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गर्ने तयारी गृह मन्त्रालयको छ ।

मन्त्रालयले विपत् न्यूनीकरण, उद्धार तथा राहतका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गर्ने, काठमाडौं, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राख्ने, अवरुद्ध सडक खुलाउन आवश्यक साामग्री र जनशक्ति तयारी अवस्थामा राखिने लगायतका योजना बनाएको छ । यस्तै, बाढी पहिरोको कहरबाट नागरिक बच्न बचाउन सातै प्रदेशमा कम्तीमा पाँच वटा हिसाबले ३५ वटा बेलिब्रिज राख्ने तयारी समेत गृहले गर्ने जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपालले वेस्ट इन्डिजविरुद्ध तीन टी-२० आई खेलको सिरिज खेल्ने
नेतृ शैलजा आचार्यको १६ औं स्मृति दिवस : निष्ठा र त्यागको चर्चा गर्दै पोलिटेक्निकद्धारा विविध कार्यक्रम सम्पन्न
दिल्लीमा गर्मीको लहर : रेड अलर्ट जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल