Birat Post बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ कार्तिक ।
ज्येष्ठ नागरिक वडा कार्य समिति विराटनगर–११ ले वडा क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेको छ ।  समितिले वडाभित्र बसोबास गर्ने ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकको जन्मोत्सवको अवसर पारेर घरमै पुगेर सम्मान गर्ने अभियान सुरु गरेको हो ।

विराटनगर–११ का वरिष्ठ समाजसेवी यादनरसिंह कार्कीलाई सम्मान गरेर समितिले अभियान सुरु गरेको छ । कार्कीको घरमै पुगेर समितिले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेको थियो । कार्यक्रममा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र समितिका अध्यक्ष ललित श्रेष्ठले सम्मान गरेका थिए । सो अवसरमा वडाध्यक्ष न्यौपानेले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप भावीपुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

“ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्छ,” उनले भने, “ज्येष्ठ नागरिक भनेका सिंगो पुस्तक हुन् ।” ज्येष्ठ नागरिकको योगदानलार्ई राज्यले समेत भुल्न नहुने उनको भनाइ थियो । समितिले सुरु गरेको अभियान प्रशंसनीय भएको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिन वडाध्यक्ष न्यौपानेले आग्रह गरे ।

त्यस्तै आयोजक संस्थाका अध्यक्ष ललित श्रेष्ठले वडाभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकको ८४ औं जन्मोत्सवमा विशेष कार्यक्रम गरेर सम्मान गर्ने बताए । उनले ज्येष्ठ नागरिक वडा समितिको आफ्नै भवन निर्माण गरिने बताए । त्यसका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । भवन निर्माणका लागि समाजसेवी चिरञ्जीवि दाहालले करिब ५० लाख रुपैयाँ बराबरको जग्गा उपलब्ध गराइसकेका छन् ।

चाँडोभन्दा चाँडो भवन निर्माण गरेर ज्येष्ठ नागरिकका लागि दिवा सेवाका साथै योग, ध्यान, भजनकीर्तनका साथै पुस्तकालयको समेत व्यवस्था गरिने समितिका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार भट्टराईले जानकारी गराए । उनका अनुसार भवन निर्माणका लागि दाताहरुबाट चन्दासमेत प्राप्त भइरहेको छ । भवनको इन्जिनियरिङ डिजाइन भइसकेको छ । करिब १ करोड रुपैयाँमा दुईतले पक्की भवन गरिनेछ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल