Birat Post बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ९ पुष ।
कोशी बहिरा संघले श्रवण दृष्टिविहीनता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संघले बहिरा तथा अपाङ्गताका क्षेत्रमा काम गरिहेकोमा आफ्नो सेवालाई थप परिमार्जित गरेर श्रवणदृष्टिविहीनताको क्षेत्रमा समेत काम गर्दै आएको छ । श्रवणदृष्टिविहीनता सम्बन्धि समस्याको पहिचान नै हुन नसकेको अवस्थामा संघले त्यस्ता बालबालिकाहरुको संरक्षण गर्ने, क्षमता अभिवृद्धि, आवश्यक शिक्षा ,स्वास्थ्यको समेत प्रबन्ध गर्ने गरेको छ । त्यस्ता परिवारलाई राहत वितरण गर्ने साथै अनलाइन माध्यममा जोडिन सक्ने वर्गलाई अनलाइन थेरापी सेवा समेत प्रदान गरेको बताइएको छ ।

बिहिबार विराटनगरमा एक कार्यक्रम गर्दै “नेपालमा श्रवणदृष्टिविहीनता भएकाहरुका लागी स्वस्थ जिवन” कार्यक्रम अन्तर्गत हाल १२ जना श्रवणदृष्टिविहीनताको समस्या भएका बालबालिकाले सेवा प्राप्त गरिरहेको बताइएको छ । जोआ, सेन्स युके, सेन्स इन्डिया र राष्ट्रिय बहिरा महासंघ नेपालले समेत यस ३ बर्षे परियोजनाका लागि सहयोग गरेका छन् ।

संघको यस कार्यक्रमले आफूले श्रवणदृष्टिविहीनताको समस्याबारे जानकारी पाउनुका साथै यसबाट बालबालिकामा निकै परिवर्तन आएको अभिभावकको भनाइ रहेको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बहिरा महासंघ,नेपालका तालिम अधिकृत अस्मिता शाक्यले यो एक पृथक वर्गको अपाङ्गता भएकाले यस्ता समस्या भएका बालबालिकालाई सिकाउने माध्यम फरक रहेको र लामो समय समेत लाग्न सक्ने बताइन् । उनले हरेक कुराहरुबाट अनभिज्ञ भएको हुँदा स–साना कुरालाइ समेत विशेष महत्वका साथ बालबालिकालाइ प्रशिक्षण दिनुपर्ने आवश्यकता रहेको बताइन् ।
यस्तै कोशी बहिरा संघका अध्यक्ष सुनिता तिवारीले यस्ता कार्यक्रमले श्रवणदृष्टिविहीनताको क्षेत्रमा ठूलो भुमिका खेल्ने भन्दै आगामी दिनमा थप कार्यक्रम गर्दै लैजाने बताइन् । उनले यस्ता समस्या भएकाहरुको क्षेत्रमा स्थानीय तथा प्रदेश सरकारले समेत सहयोग गर्ने अपेक्षा रहेको बताएकी छन् ।

कार्यक्रममा बालबालिकाहरुको परिवारलाई खाद्यान्न तथा सिकाइ सामाग्री समेत प्रदान गरिएको थियो । मोरङका विभिन्न गाउँपालिका ,नगरपालिकालाई समेत सहभागी बनाइएको कार्यक्रम फलदायी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा विराटनगर महानगर शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा , कोशी बहिरा संघका महासचिव रन्जन निरौला,कोषाध्यक्ष जीवन दाहाल,सचिव गीता बस्नेत र परियोजना संयोजक प्रशान्त दुलाल,दोभाषे सन्तोषी घिमिरे ,श्रवणदृष्टिविहीन प्रशिक्षक गोमा कार्की लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल