काठमान्डौं १४ फाल्गुन ।
नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकमा खोटाङका सांसद विशाल भट्टराईलाई जिम्मेवारी दिएका छन् । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि ओलीले यो कदम चालेका हुन् । यस भन्दा अगाडी देब गुरुङ प्रमुख सचेतक थिए । अव नेकपाको विवाद संसदको पेरिफेरीमा अडिएको छ । त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् ।