Birat Post मंगलबार, फाल्गुण १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ फाल्गुन ।
विराटनगर महानगरमा तिर्नुपर्ने बिल भुक्तानी अब अनलाइन मार्फत गर्न सकिने भएको छ । मंगलबार विराटनगर महानगरले एक कार्यक्रम गर्दै यसबारे जानकारी गराएको हो । अनलाइन प्रविधि सेवाको विराटनगर महानगरका मेयर भीम पराजुलीले इ-सेवा एकाउन्ट खोलेर शुभारम्भ गरेका छन् ।

साग्रिला इन्फरमेटिक्स प्रा.लिको प्राविधिक सहयोग लिएर विराटनगर महानगरले इ-सेवा र खल्ती लगानी मार्फत भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको हो । उक्त अवसरमा बोल्दै मेयर पराजुलीले देश बिदेशमा बसेर पनि यो सेवा लिन सकिने बताए । विराटनगर महानगर प्रविधिमैत्री बन्दै जानेक्रममा विभिन्न कार्यक्रम ल्याएर सेवा दिने काममा जुटिरहेको छ ।

यसको प्राविधिक सहयोग गरेको साग्रिला इन्फरमेटिक्स प्रालि काठमान्डौंका  सपोर्ट अफिसर दिवश लामिछानेले यस कार्यक्रम बाट सेवाग्राहीहरुले सहजरुपमा सेवा लिन पाउने बताए । समाज दैनिकरुपमा प्रविधिमैत्री बन्दै गएको र यो सेवा पनि भरपर्दो भएको हुदा यसवाट सहजरुपमा जनताले सेवा लिन सक्ने बताए ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोखरेल,वडाध्यक्ष बलदेव यादव,शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा,सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया,वित्तिय व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधान,सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतम,आर्थिक प्रशासन शाखा प्रमुख लक्ष्मी नेपाल,लेखा अधिकृत सन्जिब भट्टराई लगायतको सहभागिता रहेको थियो ।

यो कर कसरी तिर्न सकिन्छ ?

१- सबैभन्दा पहिला वडा कार्यालयमार्फत विराटनगर महानगरपालिकाको राजस्वको सफ्टवेयरमा रहेको करदाताको विवरणमा मोवाईल नम्बर र ईमेल ठेगानाअद्यावधिक गर्नुपर्ने हुन्छ।यसबाट मोवाईल माम्यासेज र ईमेलमा कर भुक्तानी गरेको विलआउनेभएकोलेअनलाईन भुक्तानी प्रणालीमाआवद्धहुन यो व्यवस्थाअनिवार्य छ। करदाताको सहजताको लागि उक्त विवरण अद्यावधिक कार्यको लागि https://eservice.biratnagarmun.gov.np/update लिङ्क मार्फत पनि गर्न सकिनेछ ।

२- नगरपालिकाको राजस्वको सफ्टवेयरमा करदाताको विवरण अद्यावधिक गरीसकेपछि करदाता आफु स्वयंले https://eservice.biratnagarmun.gov.np/register लिङ्कमा क्लिक गरी प्रकृयामा सहभागि हुन सक्नुहुनेछ।

३-  दिईएको फाराम भर्नुहोस्

क। कार्यालय छान्नुहोस् ।   (विराटनगर महानगरपालिका)
ख। करदाताको प्रकार छान्नुहोस् ।   (व्यक्तिले व्यक्तिगत, संस्थागतले संस्थागत)
ग। करदाताको संकेत हाल्नुहोस्   (यो करदातासंग भएको सम्पत्ति कर तिरेको रसिदमा लेखिएको १० अंक समावेश गरिएको हुन्छ )
घ। आन्तरीक संकेत हाल्नुहोस्       (यो करदातासंग भएको सम्पत्ति कर बुझाएको रसिदमा लेखिएको हुन्छ)

४-  पासवर्ड राख्नुहोस् । (यसमा कम्तिमा एउटा क्यापिटल, कम्तिमा एउटा स्मल र कम्तिमा एउटा नम्बर र कम्तिमा एउटा स्पेशल क्यारेक्टर अक्षर समावेश गरी राख्नु पर्छ ) (जस्तै: BiratNagar@32)

५.-  यसपछि OTP Code  तपाईको मोवाइलमा र ईमेलमा प्राप्त हुनेछ । त्यो OTP Code  राखेर अगाडी बढ्नुहोस् ।यसपछि करदाता अब व्यक्तिगत रुपमा दर्ता हुनु हुनेछ ।

६.-   यस पछि लग ईन मिनु मा पुगिनेछ ।

७.    अव eservice सेवा लिन लग ईन गर्नु होस् ।

क) User Name (आफु दर्ता गर्दा राखेको करदाता संकेत हाल्नुहोस् ।)

ख) Password (  आफुले दर्ता गर्दा राखेको password जस्तै BiratNagar@32हाल्नुहोस् ।)

८.   अव लग ईन हुनेछ । त्यसपछि करदाता मिनुमा जानुहोस् र दाँया तर्फ रहेको करदाताको विवरणहरुमा जानुहोस् र कुनै फरक परेको भए प्रमाण सहित कार्यालयमा सम्पर्क राख्नुहोस् ।

९.    विवरण सहि भएमा भुक्तानीमा मेनुमा जानुहोस् । त्यांहा माथिल्लो खण्डमा भुक्तानी गर्न बांकी विवरण र तल्लो खण्डमा भुक्तानी गरी सकेको विवरण देखिनेछ । भुक्तानी गर्न बांकीमा कुन कर बुझाउने हो छान्नु होस् र भुक्तानी प्रकृयामा अगाडी बढ्नु होस्।

१०.  यो कार्यको लागि महानगरपालिका कार्यालयमा सम्पर्क गरेर पनि प्रयोगकर्ता दर्ता गराउन सकिनेछ । यसरी दर्ता प्रकृया गर्दा करदाताले उपलब्ध गराएको इमेल र मोबाईल नम्बरमा Username र Temporary Password प्राप्त हुनेछ ।

११.   पासवर्ड बिर्सनु भयो भने रिसेट गरेर इमेल तथा मोवाइल मार्फत प्राप्त गर्नु होस् ।

१२.   कुनै समस्या आएमा वा बुझ्नु पर्ने भएमा [email protected] मा वा यस महानगरपालिकाको फेसबूक पेजमा जिज्ञाशा राख्न सक्नु हुनेछ ।

१३.     अनलाईन कर भुक्तानी भए पछि रकम भुक्तानीको सुनिश्चितता हुने र विल मोवाईल र इमेलमा नै प्राप्त हुनेछ ।

 

 

 

 

 

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल