काठमान्डौं २१ फाल्गुन ।
शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज दिउँसो काठमाडौंमा हुने कार्यक्रममा सहभागी हुदैछन् । करिब तीन वर्ष भूमिगत भएका विप्लव आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँने र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
यस्तै सरकारसँग भएको सहमति पत्रमा समेत विप्लव र सरकारका तर्फबाट हस्ताक्षर हुने भएको छ । बिहिबारबाटै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाउन सहमत भएको छ । सरकारले थप सुरक्षा सतर्कताका साथ सभागृहमा आवश्यक प्रबन्ध गरिएको बताइएको छ ।