Birat Post शनिबार, चैत्र ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ चैत्र ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरकाे अध्यक्षमा प्रविण जाेशी मनोनित भएका छन् । शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका वीच फाउण्डेसन प्रदेश १ का अध्यक्ष शैलेन्द्र शिवाकोटी र माेरङ जिल्ला अध्यक्ष काैशल निराैलाले जाेशीलाइ फाउण्डेसनको विराटनगर महानगर अध्यक्षमा मनोनित गरेका हुन् ।
यस्तै फाउन्डेसनकाे उपाध्यक्ष अरूण खेतान,सचिव प्रकाश साह,सहसचिव लिला ढुङ्गेल,काेषाध्यक्ष प्रिति काेइराला मनाेनित भएका छन् । यसैगरी सदस्यहरूमा सुजन निराैला ,रियाज अहमद,दिपक भट्टराई ,शिराेमणी भट्टराई रहेका छन् ।
यस्तै फाउण्डेसन माेरङकाे रिक्त काेषाध्यक्षमा नमिता आचार्य मनोनित भएकी छन् । अध्यक्ष जाेशी सामाजिक तथा ब्यबसायीक ब्याक्ति हुन् । कार्यक्रममा फाउन्डेसन प्रदेश १ का अध्यक्ष शैलेन्द्र सिवाकोटी ,माेरङ अध्यक्ष काैशल निराैला ,सामाजिक अभियन्ता सावित्री पुरी लगायतका व्यक्तिहरूले आ आफ्ना धारणा व्यक्त गरेका थिए ।
यस्तै फाउन्डेसनले स्वर्गीय गिरिजाप्रसाद काेइरालाकाे ११ स्मृति दिवसमा विराटनगर स्थित आफ्नै भवनमा दीप प्रज्वलन गर्नका साथै तस्बिरमा माल्यार्पण गरेकाे छ । त्यसैगरी कांग्रेस नेता अशाेक काेइरालाकाे निधनमा शाेक ब्यक्त गरेकोे छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल