विराटनगर,१ भदौ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका छन् । सरकारले आफ्नो सुविधाका लागि अध्यादेश ल्याएपनि त्यसलाई आफूले समर्थन गर्न नसक्ने कोइरालाको तर्क छ ।
‘सरकार सञ्चालनको सुविधानको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न’, कोइरालाले फेसवुकमा लेखेका छन् ।
संसदमा परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्नेमा प्रधानमन्त्री चुकेको र यो कांग्रेसको संस्कार नभएको कोइरालाले उल्लेख गरेका छन् ।